FAQs Complain Problems

News & Events

Photo Gallery

कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका  नयाँ सरुवा भएर आउनु भएका उप-सचिव गोबिन्द सिग्देल सरको स्वागत गरियो।

कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका बाट सरुवा हुनु भएका उप-सचिव नारायण प्रसाद पाण्डे सरको बिदाइ गरियो।

धेरै दिनको प्रयास पछि कलैया उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यमा आजबाट प्रगति गरेको छ। कलैयाबाट उत्पादन हुने फोहोरलाई प्रशोधन गरि त्यसबाट, वायो ग्यास , जैविक मल,बिधुत उत्पादन गर्न बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका पदाधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सह सचिव डा. टोकराज पान्डे लगाएतले निर्माण हुने प्लान्टको लागि समझाैता पत्रमा हस्तान्तरण गर्दै ।अबको डेढ बर्ष भित्रमा प्लान्टलाइ निर्माण गरि सन्चालन गर्दा, फोहोर मोहरमा परिणत हुने छ।

, , ,

कलैया वडा नम्बर १६ द्वारा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न ।।
साजिर मन्सूर 
कलैया,जेष्ठ २९ 
कलैया उपमहानगरपालिका वडा नम्बर १६ ले आज जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मान गरेको छ । वडा अध्यक्ष शेसनाथ प्रसाद साहको अध्य्छ्ता एवं वडाकै सब भन्दा जेष्ठ नागरिक ९१ वर्षीय रघुबीर महराको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा वडाका १०९ जना जेष्ट नागरिक एवं अपांगहरुलाई सम्मान गरिएको वडा सचिव नरोतम अधिकारीले जानकारी गराएका छन् । सबै जनालाई दोसल्ला ओढाएर छाता र झुल उपलब्ध गराइएको थियो । कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यपालिका सदस्य शिला देबी कुर्मिन, वडा सदस्यहरु ओमप्रकाश यादब, हरिनारायण प्रसाद कुशवाह, रामपति देबी राम स्थानिय हृदयनारायण यादब लगायत वडाका अन्य समाजसेवी तथा बद्रभलादमिहरुको उपस्थिति रहेको थियो । सबै जेष्ठ नागरिक तथा अपांगहरुलाई वडा अध्यक्ष साहले सम्मान गरेका थिए । सो अवसरमा मुस्लिमहरुको महान पर्व इद लाई मध्यनजर गरि सबै जेष्ट नागरिकहरुलाई समाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराएको वडा अध्छ साहले बताए । कार्यक्रमको संचालन वडा सचिव नरोतम अधिकारीले गरेका थिए ।

कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकीय अधिकृत डा. टोकराज पाण्डेको सक्रियतामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको रुपमा सिद्धेश्वर पोखरीको सरसफाई गरिदै । सरसफाईमा उपमहानगरपालिकाका कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।मितिः २०७५्।०२।२८

, ,

मितिः २०७५्।०१्।२६ गते कलैया उप-माहा नगरपालिका वडा नम्बर २६ महेशपुरमा सडक ढलान र गाउको पानी निकासमा देखिएको समस्या समाधानको लागि कलैया उप-माहा नगरपालिका का मेयर राजेस राय यादव एवम कलैया उप-माहा नगरपालिका का उप-मेयर रहिमा खातुन तथा वडा अध्यक्ष महेस साह सहित स्थानीयहरु संग छलफल गर्दै। 

Pages