FAQs Complain Problems

News & Events

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।मितिः२०७५।१२।०२

कलैया उपमहानगरको वडा नम्बर ६ खुल्ला दिसा मुक्त घोषणा ।।

साजिर मन्सूर

कलैया,चैत्र २

 बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका को वडा नम्बर ६ लाई एक कार्यक्रम को आयोजना गरि खुल्ला दिशामुक्त घोषणा गरिएको छ । जिल्लाको ५७ औ वडाको रुपमा कलैया स्थित कृषि बजारमा आयोजना गरिएको घोषणा कार्यक्रममा नगर प्रमुख राजेश राय यादबले पानसमा बति बाली साबुन पानीले हात धुदै घोषणा पत्रलाई पढेर वडालाई खुल्ला दिशामुक्त भएको घोषणा गरेका छन । वडा अध्यक्ष गम्भिरालाल प्रसादको अध्यक्षतामा तथा नगर प्रमुख राजेश राय यादबको प्रमुख आतिथ्यमा भएको घोषणा सभामा कलैया का २७ वटै वडाका अध्यक्ष सहित कार्यपालिका सदस्यहरु,नेकपाका नेताहरु रबिन दास श्रेष्ठ,एम समिउल्लाह,मुकेश साह,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका इन्जिनियर गोपिलाल भगत,नगर सभा सदस्य हकहित सङ्हर्श समिति कलैयाका अध्यक्ष शम्भु गुप्ता,कोषाध्यक्ष श्यामराज गौतम,महिला अधिकारकर्मी बबिता जैसवाल,समाजसेवी अमरदेव यादब,रेडक्रसका उदय नेपाल,गोपाल सेवा समितीका अध्यक्ष जङ्गबहादुर यादव,उपाध्यक्ष रामधारी यादब,श्री दुर्गा माबिका प्रधानाध्यापक मनोज यादब,बाल एकता बोर्डिङका संस्थापक सुमोध सरार्फ,मेरि गोल्ड का अलिमहमद अन्सारी,ब्राइट ल्यान्डका मनोज यादब,वडा नम्बर ६ का समाजिक परिचालक सन्जय कुमार रेग्मी,अस्थाई प्रहरी पोस्ट कलैया बस पार्कका इन्चार्ज सई शशिकान्त झा,लुमन्तिका अनिल मन्डल लगायत स्थानिय सन्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सहभागी सबैले वडा नम्बर ६ को घोषणा प्रती खुसी ब्यक्त गर्दै नगर लाई नै यथाशीघ्र खुल्ला दिशामुक्त घोषणा गर्नुपर्ने बताउदै यसका लागि सबैको सहयोग र साथ नगरपालिकालाई रहने बताए । आफ्नो नगर लाई मात्रै नभैइ समग्र प्रदेश नम्बर २ लाई नै अस्लिलता मुक्त समाज बनाउन लाई सबैले सहयोग गर्नुपर्ने र त्यस्का लागि कलैया उपमहानगरले पहिला नै डिजे र अस्लिल गित बन्द गराईसकेको नगर प्रमुख यादबले बताए । उक्त अवसरमा सरसफाइ प्रज्वलकहरुलाई सम्मानित गरिएको थियो ।सन्चारकर्मी साजिर मन्सूरले सन्चालन गरेको घोषणा कार्यक्रममा स्वागत वडा सचिव अमित चौधरीले गरेका थिए ।