FAQs Complain Problems

News & Events

सार्वजनिक सुचना

कलैया नगरपालिकाको नगरवासीहरुमा जारी अति जरुरी सुचना ।

बैशाखको महाभुकम्प पश्चात सरकारले बस्ती विकास तथा भवन निर्मण सम्बन्धि नयाँ मापदण्ड २०७२ जारी गरेको यहाँहरुलाई विदितै छ । यसलाई आधार मानी कलैया नगरपालिकाले पनि भवन निर्माण सम्बन्धि नयाँ मापदण्ड लागू गरेको छ । सम्पूर्ण नगरवासीहरुले सोही नयाँ मापदण्ड अनुसार बस्ती विकास तथा भवन निर्माण गर्नु हुन अनुरोछ छ । 

साथै देहाय बमोजिमको सुविधाको उपयोग गर्नु हुन नगरवासीमा अनुरोध छ . 

१) नयाँ थप भएका गाविसहरु धर्मनगर,बलिरामपुर,बघवन, दोहरी,उतरझिटकैया,भतौडा, मोतिसर र सिसहनीयामा यो मापदण्ड लागू हुनु भन्दा पहिले निर्माण भइसकेका घरहरुको हकमा ततकालीन कायम रहेका कलैया नगरपालिकोको भवन मापदण्ड भित्र घर निर्माण भएका तर नक्सा पास नभएका घरहरुको हकमा मिति २०७२ फागुन २० गते देखि यसै आवको अषाढ मसान्त भित्र नकसा पास गराएमा कुल लाग्ने दस्तुरको ६० प्रतिशत छुटमा नकसा पास गरिनेछ । अषाढ मसान्त पछि २०७३ फागुन मसान्त भित्र नकसा पास गराएमा कुल लाग्ने दस्तरको ४० प्रतिशत छुटमा नकसा पास गरिने व्योहोरा सवैको जानकारीको लागी अनुरोछ छ । सो अवधि भित्र नकसा पास नगराए कुनै छुट नपाइने व्योहोरा पनि जानकारी गराइन्छ । तसर्थ सुविधाको उपयोग गर्नु हुन अनुरोछ छ ।  

२) त्यस्तै , कलैया नपाका पूराना १४ वटा वडाहरुको हकमा मापदण्ड भित्र निर्माण भएका तर कुनै 
कारणवस नकसा पास गर्न नसकिएका घरधनीहरुले आव २०७२⁄०७३ को आषाढ मसान्त भित्र नकसा पास गर्न चाहेमा नकसा पासमा लागने सम्पूर्ण विलम्ब शुल्क (जरीवाना)  छुट दिने व्योहोरा जानकारी गराइन्छ । 

विस्तृत जानकारीका लागि 
कलैया नगरपालिकामा सम्पर्क गर्न सकिनेछ । 
सम्पर्क व्यक्ति श्री नविन पौडेल 
फोन नं. ९८४५११६६७१