FAQs Complain Problems

News & Events

कलैया वडा नम्बर १६ द्वारा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न ।मितिः२०७५्।०२।२९

कलैया उपमहानगरपालिका वडा नम्बर १६ ले आज जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मान गरेको छ । वडा अध्यक्ष शेसनाथ प्रसाद साहको अध्य्छ्ता एवं वडाकै सब भन्दा जेष्ठ नागरिक ९१ वर्षीय रघुबीर महराको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा वडाका १०९ जना जेष्ट नागरिक एवं अपांगहरुलाई सम्मान गरिएको वडा सचिव नरोतम अधिकारीले जानकारी गराएका छन् । सबै जनालाई दोसल्ला ओढाएर छाता र झुल उपलब्ध गराइएको थियो । कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यपालिका सदस्य शिला देबी कुर्मिन, वडा सदस्यहरु ओमप्रकाश यादब, हरिनारायण प्रसाद कुशवाह, रामपति देबी राम स्थानिय हृदयनारायण यादब लगायत वडाका अन्य समाजसेवी तथा बद्रभलादमिहरुको उपस्थिति रहेको थियो । सबै जेष्ठ नागरिक तथा अपांगहरुलाई वडा अध्यक्ष साहले सम्मान गरेका थिए । सो अवसरमा मुस्लिमहरुको महान पर्व इद लाई मध्यनजर गरि सबै जेष्ट नागरिकहरुलाई समाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराएको वडा अध्छ साहले बताए । कार्यक्रमको संचालन वडा सचिव नरोतम अधिकारीले गरेका थिए ।