FAQs Complain Problems

समाचार

रामजानकी मंदिर

Read More

गहुँ खेती

Read More

धानखेती

Read More

राम जानकी मंदिर, कलैया

Read More

पानी टंकी, कलैया

Read More

शिदेश्वर मंदिर, कलैया

Read More

घण्टाघर भरत चौक, कलैया

Read More

सफा, स्वच्छ मासु उत्पादन र बिक्री

Read More

संक्षिप्त परिचय

२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ.म. न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस उ.म.न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस उ.मा​.न.पा. पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित हुने क्रममा छ। 

आ.ब. २०७९।०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा

आ.ब. २०७९।०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नु होला

https://lisa.mofaga.gov.np/details/local/20708

आ.ब. २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नु होला

https://lisa.mofaga.gov.np/details/local/20708

जन प्रतिनिधि

बिनोद प्रसाद साह
नगर प्रमुख
९८५५०४९६३७
रौशन परविन
उप– प्रमुख
९८५५०४९६३६

कर्मचारी प्रोफाइल​

नाथु साह
प्रमुख प्रशासकीय अधिकृत
९८५५०४९१११
सुरेश कुमार यादव
सूचना अधिकारी
ito.kalaiyamun@gmail.com
९८५५०४८८१९

सुविधाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिइको समयमा पास हुनु पर्ने र उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.ब. को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षा समितिको बैठकबाट पास हुनु पर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि
  • बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र को प्रतिलिपि, अनयत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २-२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० बर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्म देखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकताको प्रतिलिपि
  • अपाङ्ग परिचयपत्रको लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्मदर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गताको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदन संग २-२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजकुमार साह (ईन्जिनियर)
सेवा दिने कार्यालयः- उपमहानगरपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा )
सेवा शुल्कः- नगरपरिषदको निर्णय बमोजिमको दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाण पत्र( ईन्जिनियर, अोभरसियर, आर्किटेक, ड्राफ्टमेन) को प्रतिलिपि
  • गत बर्ष सम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • नविकरणको हकमा सक्कल प्रमाण पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- राजकुमार साह (ईन्जिनियर)
सेवा दिने कार्यालयः- उपमहानगरपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा )
सेवा शुल्कः- नगरपरिषदको निर्णय बमोजिमको नक्शा पास दस्तुर र जरिवना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा 
  • किताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्विकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा ३ प्रति
  • तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्शा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा पास फारम राजस्व प्रशासन शाखाबाट खरिद गर्नुपर्ने
  • गत बर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि( व्यावसायको हकमा)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- तैयब अंसारी
सेवा दिने कार्यालयः- उपमहानगरपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्कः- आर्थिक ऐन २०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • सक्कल नागरिकता  प्रमाण पत्र 
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि र सक्कल लालपुर्जा
  • घर नक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पती हकवालाहरुको नाम,नाता उल्लेख भएको कागजात
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्यांकन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • मुल्यांकन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रू. ८ र सो भन्दा बढी भएमा रू ५०/-
आवश्यक कागजातहरुः-
  • दुलहा-दुलहीको नागरिकता
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रू. ८ र सो भन्दा बढी भएमा रू ५०/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात

जानकारी