FAQs Complain Problems

समाचार

कलैया उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको प्रसिद्ध एतिहासिक रामजानकी मन्दिर परिसरको पोखरी सरसफाई अभियान (मितिः२०७५।०५।०२)

रामजानकी मंदिर परिसरको पोखरी सरसफाई अभियान
रामजानकी मंदिर परिसरको पोखरी सरसफाई

कलैया उपमहानगरपालिकाका नगर प्रमुख श्री राजेश राय यादवको सक्रियतामा मिति २०७५।०५।०२ गते शनिवारका दिन बिहान नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरीबल लगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरू र समाजसेवीहरू समेतको सरसफाई अभियानमा उल्लेखनीय सहभागिता रहेको थियो । 

               यस सरसफाई कार्यमा सहभागी हुने जनप्रतिनिधि ज्युहरू, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बलका अधिकृत तथा जवान लगायत सम्पूर्ण शिक्षक, कर्मचारीहरू र समाजसेवीहरूमा कलैया उपमहानगरपालिकाको तर्फबाट हार्दिक अभार ब्यक्त गरिएको छ ।

              अगामी दिनहरूमा समेत यसरी हामी सबैको सहभागिताबाट सार्बजनिक स्थलहरूमा सरसफाई अभियान चलाइ कलैया नगर क्षेत्रलाई सफा नगरको रूपमा परिचय दिन सम्पूर्ण महानुभावहरू प्रति हार्दिक अनुरोध गर्दछौं ।  कलैया उपमहानगरपालिका