FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।

नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह प्रमूख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।

ब्यक्तिको जीवनमा घटेका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा वसाई-सराई जस्ता घटनाहरु सम्बन्धित स्थानीय पन्जिकाधिकारी कहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई ब्यक्तिगत घटना दर्ता भनिन्छ ।